गोरखा । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका गोरखाका एक व्यक्तिको परिवारलाई नेपाली काँग्रेस गोरखाले आर्थिक सहयोग गरेको छ ।
गोरखाको भीमसेन गाउँपालिका वडा नम्बर २ तान्द्राङ स्थित मृत्तकको घरमा पुगेर रकम हस्तान्तरण गरको नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
नेपाली काँग्रेसका जिल्ला सभापती हरिबहादुर घलेले मृत्तककी श्रीमती सरिता सुनारलाई ९० हजार ११४ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
सो अबसरमा सभापती घले सहित सचिव न्यौपाने, क्षेत्र नम्बर २ का सभापती गोबिन्द गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
उक्त रकम नेपाली काँग्रेस गोरखा अमेरिका सम्पर्क समितिका कोषाध्यक्ष केशरी भट्टराइको नेतृत्वमा अमेरिकमा संकलन गरि पठाइएको सचिव न्यौपानेले जानकारी दिए ।