• शनिबार, साउन ९ २०८३

पेरिसडाँडा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित


शुक्रबार, असोज २ २०७७
825
Shares


काठमाडौँ — आज (शुक्रबार) पेरिसडाँडा बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

शुक्रबार ११ बजेका लागि तय भएको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको नेकपा अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।यसअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक यस पटक भने पेरिसडाँडास्थित कार्यालयमा बस्ने तय भएको थियो ।

संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री व्यस्त भएकाले बैठक सारिएको बताइएको छ । शुक्रबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति र पार्टी एकीकरणका बाँकी कामहरुबारे छलफल हुने बताइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार