सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको सचिवालयले राष्ट्रपति कार्यालयबाट नियुक्त भएको जानकारी राष्ट्रिय सभामा प्राप्त भएको र आज नै सपथको तयारी भइरहेको जनाएको छ ।
राष्ट्रपति कार्यालयले राष्ट्रिय सभामा मनोनित गरेको पत्र पठाएपछि मात्रै गौतमले सांसदको सपथ लिनेछन् । सपथका लागि राष्ट्रिय सभा सचिवालयले गौतमलाई खबर गरिसकेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित एक राष्ट्रिय सभा सदस्य पद गएको फागुनदेखि रिक्त रहँदै आएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका गौतमको नाम हिजोमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको थियो ।
फागुनमा नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए पनि कार्यान्वयन भएको थिएन । भदौ १८ गतेको बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बताएका थिए ।