• शनिबार, साउन ९ २०८३

‘नेपाल–भारत सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छौं’


बिहिबार, असोज १ २०७७
780
Shares


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार परेको भारतीय समकक्षी मोदीको जन्मदिनमा दिएको शुभकामनाप्रति धन्यवाद व्यक्त गर्दै मोदीले सो धारणा व्यक्त गरेका हुन्।

‘हाम्रा साझा संस्कृति र इतिहासका आधारमा भारत–नेपाल सम्बन्धलाई हामी अझ सुदृढ बनाउन चाहन्छौं,’ प्रधानमन्त्री ओलीको शुभकामना ट्विटको जवाफमा मोदीले भनेका छन्।

भारतीय समकक्षी मोदीलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले ‘हाम्रा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर निकटरुपमा सहकार्य गर्ने’ धारणा व्यक्त गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार