maroon wallpaper New Maroon Color Background ·① WallpaperTag combination
हरि धिताल
लाखौ गरिब को छाक काटेर नेता , कर्मचारी सरकार र उसका आसेपासे हरुलाई कुस्त अर्बौं कमाउने मौका दियौ । जनता लाई पनि सरकारको अहिलेसम्मकै बेथितिलाई सतहमा देखाइ दियौं र सरकारको मूल्याकंन गर्न सजिलो भयो ।
औषधीदेखी स्वास्थ सामाग्री , किसानलाई मल बिउ देखी वैदेशिक मजदुरहरुको टिकटमा सरकारले कसरी जनता लाइ ढाटेको छ र माफियासङ्ग मिलेर कसरी कमिसन खान्छ भन्ने विषय उदाङ्गो पारेर देखाइ दियौं ।
स्वास्थ्य सुरक्षाको नाममा केन्द्र, प्रदेश र स्थानीय तहहरुले कसरी सरकारी रकमको घोटला गर्दा रहेछन भन्ने प्रमाण अब खोज्न जनता लाई अन्त जानु परेन । कोराेना र यस सम्बन्धी आयको वैदेशिक सहयोगको सारा रकम सखाप भयो ।
मुलुकको आर्थिक रणनीति सिमित ब्यक्तिको हातमा थमौती गर्ने परम्पराको शुरूवात भयो । यो मुलुक र मुलुकवासीहरुको लागी घातक छ । सामान्य राहतको नाममा भयको भनसुन र अपारदर्शीता सबैलाई थाहा छ । कोभिडको संक्रमणमा बिषेशत बिपन्न, गरिब, निम्न वर्गीय र मजदुरहरुको पिडा उजागर भयो ।
त्यसैले तिम्रो जय होस कोराेना मैया । ५ महिना २० दिन पछि अर्थतन्त्र र पुर्बाधार थचक्कै लत्रीएर सुतेको छ लाखौं जनता सडकमा रोजि रोटिको खोजिमा भौतारिएको छन । भयका साना ब्याबसायी हरु बैंक र सहकारी को ब्याज र किस्ता तिर्न नसकेर पिडामा छन । बिश्वका हरेक मुलुकले कोभिड को संक्रमणमा अस्त्तब्यस्त आफ्ना नागरिक, ब्याबसायी, ब्यापारी, उधोगी र मजदुर हरुलाई आफुले सकेको राहत र अनुदान उपलब्ध गरायो तर यो सरकारले के गर्यो ?
आफ्नै पार्टीको आन्तरिक किचलोमा ६ महिना बिताएर आम जनताको एक रत्ती समस्याको अनुभब, समस्याको भागबन्डा र पिडाको हिस्सेदार बनेन यो नै हाम्रो अभिसाप भयो । आफ्ना मानिसलाइ कसरी ब्याबस्थापन गर्न सकिन्छ भन्ने विषयमा मात्रै ध्यान दियो !!
यो मुलुक र मुलुक बासिको लागी दुर्भाग्य हो । लामो बन्द मा जति सुधार गर्नु पर्ने थियो एक इन्च भयन यसको पुरा जिम्मेवार सरकार र राजनीति दल हो । आफ्नु गल्ती छोप्दा छोप्दै मुलुकको अर्थतन्त्र नाजुक भयर आफैलाइ तलब भत्ता आउने बाटो बन्द हुन लागे पछि बाध्यात्मक अबस्थामा (कोभिड नियन्त्रण भयर होइन) मुलुकको स्वास्थ्य अबश्थालाइ भगवानको जिम्मा लगाउदै भोली देखी केहि सेवा बाहेक सबै खुल्ला गरेको छ ।
आफ्नो सुरक्षा आफै गराै । सचेत रहौ । साबधानी आफै अपनाऔ ।