काठमाण्डाै । सत्तारुढ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना संक्रमित समुदायलाई सहयोग गर्न ‘कोभिड १९ स्वयं सेवा’ सुरु गरेको छ।
राष्ट्रियसभाका सांसद समेत रहेका श्रेष्ठको निजी सचिवालयले खासगरी गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरूलाई यो महामारीको समयमा सहयोग पुर्याउन ‘कोभिड १९ स्वयं सेवा’ गठन गरेको जनाएको छ।
श्रेष्ठका स्वकिय सचिव सुरेशकाजी श्रेष्ठले सिभिलखबरलाई दिइएको जानकारी अनुसार यो सेवा अन्तर्गत कोभिड उपचार सम्बन्धि प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग दिइने छ।
त्यस्तै ‘कोभिड १९ स्वयं सेवा’ अन्तर्गत मनोसामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिकको उद्धार तथा कोभिड १९ को सचेतना सम्बन्धि सेवा समेत दिने श्रेष्ठकाे सचिवालयले जनाएकाे छ ।
‘कोभिड १९ स्वयं सेवा’ अभियानमा अहिले नै २९ जना सदस्य रहेका छन्, जसलाई सिधै सम्पर्क गर्न सकिने गरी फोन नम्बर समेत उपलब्ध गराइएको छ।
यस्तो छ श्रेष्ठको सचिवालयले जारी गरेको ‘कोभिड १९ स्वयं सेवा’ कार्यादेश र सदस्यका सम्पर्क नम्बरहरू :



