• शुक्रबार, असोज ९ २०८३

एमसीसी अनुमोदन गर्ने नेकपा स्थायी समितिको निर्णय


शनिबार, भाद्र २७ २०७७
1000
Shares

नेकपा स्थायी समितिको बैठकले अमेरिकासँग आर्थिक सहायता लिने कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ।

‘एमसीसीलाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ,’ शुक्रबारको स्थायी समिति बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पार्टीले यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको प्रतिवेदनलाई समेत ध्यान दिई के संशोधन परिमार्जन गर्ने भन्नेबारे निर्णय लिइनेछ।

यसबारे पार्टीमा छलफल गरी छिटै निर्णय लिइने उनले बताए।

एमसीसीबाट सहयोग लिन गरिएको सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गरिएको छ। तर सत्तारुढ दल नेकपाकै नेताहरुले त्यसलाई अनुमोदन गर्नै नहुने भनी बिरोध गरेका कारण सो सम्झौता संसदमै रोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार