• शनिबार, साउन ९ २०८३

मन्त्रिपरिषद बैठक आज, के हाेला कुलमानकाे निर्णय ?


शुक्रबार, भाद्र २६ २०७७
955
Shares

काठमाण्डाै । नेपाल सरकारको मन्त्रिपरिषदको बैठक आज शुक्रबार बस्ने भएको छ।

मन्त्रिपरिषदको आजकाे बैठकले विद्युत प्राधिकरणको कार्यकारीमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेलगायतका विषयमा निर्णय गर्ने बताइएको छ।

विद्युत प्राधिकरणका प्रमुख घिसिङको चार वर्षे कार्यकाल पनि यही भदौ २९ गते सकिँदैछ।

नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएको बेला प्राधिकरण सम्हाल्न पुगेका घिसिङले नेपाललाई लोडसेडिङ मुक्त पारेका थिए।

उनलाई पुन विद्युत प्राधिकरणको प्रमुख बनाउन सरकारलाई चर्को जनदबाब छ।

ऊर्जामन्त्री वर्षमान पुनले घिसिङबारेकाे प्रस्ताव बैठकमा लैजाने तयारी भएकाे प्रेस सल्लाहकार दयानीधि भट्टले सिभिलखबरलाई जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार