गोरखा । जनता समाजवादी युवा संघ गोरखाले पहिराे पिडितलाई राहत वितरण गरेकाे छ । जापान तथा बेलायतमा रहेका नेपालीहरुकाे सहयाेगमा गोरखाकाे अजिरकोट गाउँपालिका १ का घ्याच्चोकस्थित धनसिराका पहिरो पिडितलाई बिभिन्न खाद्धान्न सामाग्री वितरण गरिएकाे हाे ।
जनता समाजवादी युवा संघ गोरखा अध्यक्ष मानबहादुर तामाङ लगायत अन्य युवाहरुको पहल तथा अजिरकोट १ घ्याच्चोक स्थायी घर भइ जापनमा बस्दै आएका जनता समाजवादी पार्टीका जापान शाखाका महासचिव मोती गुरुङको पहलमा खाद्यन्नलगायत सामाग्री प्रदान गरिएको हो।

समाजवादी युवा संघ गोरखाका अध्यक्ष तामाङसहितकाे टाेलीले बिहिबार धनसिरा पुगी पहिरोले घर बगाएका ६ घर परिवारलाई खाद्यन्न सामाग्री हस्तान्तरण गरेको बताएकाे छ। केही समय अघि देखि लगातारको वर्षापछि अजिरकोट १ धन्सिरा साउनेपानीका ६ घर परिवार पूर्ण रुपमा विस्तापित भएका थिए।
जनता समाजवादी युवा सघं अजिरकोट गाउपालिकाका अध्यक्ष पुर्ण बहादुर घलेको अध्यक्षतामामा भएको राहत वितरण कार्यक्रममाअजिरकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जंगबहादुर गुरुङको पनि सहभागिता थियो।