• शनिबार, साउन ९ २०८३

कविता : सरकारस‌ंग अपिल…


बिहिबार, भाद्र २५ २०७७
1K
Shares

–कुशल खड्का

बढ्दो ग्राफ
घट्दो सावधानी
गुमाएर होसियारी
थपिदैछ सङ्क्रमित
जनता आतंकित

………………………………

कोरोना आयो
बाढी गयो
चल्यो रुवाबासी
घरबार गुम्यो
परिवार गुम्यो
घट्यो आत्मबल
बनेनन् सवाल

…………………………………

केहि उत्रिए मैदानमा
सहयोगको दौडानमा
पाए स्यावासी
सकियो लकडाउन
थपियो सटडाउन
थुपारियो निषेधाज्ञा
हुदैछ अवेज्ञा

……………………………

खान नपाएर
मर्नेछन् भोगले
कोरोना देखाएर
भनिनेछ रोगले

………………………………..

ए सरकार !
कि त राहत देउ
कि त विकल्प
चाहिदैन अब
झुटा संकल्प
कति दिन
थुन्छौ घरमा
कोरोनाको डरमा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार