नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेश गर्ने एजेन्डा तयार पारेका छन्।
बुधबार बालुवाटारमा भएको दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको हो।
असार १० गते बसेको बैठक नियमित एजेन्डामा प्रवेश नगरी असार १८ पछि पटक पटक स्थगित हुँदै आएको थियो।
स्रोतका अनुसार दुई अध्यक्षको छलफलले प्रचण्डको कार्यकारी अध्यक्षको भुमिकालाई व्याख्या गरेको छ।
यस्तै, पार्टी सञ्चालनमा प्रधानमन्त्री ओलीको भुमिकाबारे पनि स्पष्ट पारिएको छ।
त्यसबाहेक कोरोना महामारी, मन्त्रीमन्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम पुरा गर्ने, महाधिवेशनलक्षित कार्यक्रम अगाडि बढाउने विषय स्थायी समितिका एजेन्डा हुन्।
असार १० गते पेश गरिएको ७ एजेन्डामध्ये सीमा समस्यामा मात्रै छलफल भएको थियो भने बाँकी ६ एजेन्डामा पनि छलफल हुनेछ।