• शनिबार, साउन ९ २०८३

विपीको सिद्धान्तबारे गोरखामा युवाहरुबिच अन्तरक्रिया


बुधबार, भाद्र २४ २०७७
1.1K
Shares

गोरखा । विपीको सिद्धान्तबारे गोरखामा युवाहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वि.पी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा विपी कोइराला युवा नेतृत्व बिकास मञ्च गोरखाले युवाहरुबिच भर्चुअल अन्तरक्रिया आयोजना गरेको हो ।

‘विपीको सिद्धान्तमा युवाको भुमिका’ बिषयक अन्तरक्रियामा जिल्लाका झण्डै ७५ जना युवाहरुको सहभागिता रहेृको थियो ।

संस्थाका अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विपीको सिद्धान्तमा आधारित भएर पार्टीका हरेक तह र तप्कामा युवाहरुलाइ अगाडि बढाउनुपर्ने र उनको बिचारलाइ केन्द्रदेखि तल्लो तहसम्म पुर्याउनुपर्नेमा वक्ताहरुको जोड थियो ।

नेपाली काँग्रेस गोरखाका जिल्ला सभापति हरी बहादुर घलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव नन्द प्रसाद न्यौपाने, काँग्रेसका महासमिति सदस्य एवं मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तार, गण्डकी प्रदेश सभा सदस्य एवं महासमिति सदस्य प्रकाशचन्द्र दवाडी, गण्डकी प्रदेश सभा सदस्य एवं महिला संघकी जिल्ला अध्यक्ष मनकुमारी गुरुङले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा गोरखा नगरपालिकाका मेयर एवं महासमिति सदस्य राजनराज पन्त, महासमिति सदस्य राजेन्द्र बजगाई, पालुंटार नगरपालिकाका मेयर एवं काँग्रेसका नगर सभापति दिपकबाबु कडेंल, सिरानचोक गाउँपालिकाका अध्यक्ष एवं काँग्रेस गोरखाका जिल्ला सदस्य राजु गुरुङ, नेपाल विद्यार्थी संघ गोरखाका अध्यक्ष सुवास अधिकारी, वी.पी कोइराला युवा नेतृत्व बिकास मञ्च का केन्द्रिय अध्यक्ष निलकण्ठ रिजाल, नागकि साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी लगायतले विपीको विचार, सिद्धान्त र नीतिका बिषयमा बोलेको आयोजक संस्थाका कार्यसमिति सदस्य अब्जल मियाँले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार