• शुक्रबार, कार्तिक ७ २०८३

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते


सोमबार, भाद्र २२ २०७७
910
Shares

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने तय भएको छ।

साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका हुन्।

सोमबार बिहान बालुवाटारमा भएको पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सो बैठक बोलाउने सहमति गरिएको हो।

दुई अध्यक्षबीच आइतबार हुने भनिएको भेट आज (सोमबार) भएको हो।

शनिबार प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

सो भेटमा प्रचण्डले पौडेल नेतृत्वको छ-सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टी सञ्चालनमा कार्यकारी अध्यक्षको भूमिका प्रष्ट नपारिएको बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार