• शनिबार, साउन ९ २०८३

गण्डकी प्रदेशसभा सचिवमा हरिराज पोखरेल नियुक्त


शनिबार, भाद्र २० २०७७
1000
Shares

पोखरा । गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेल नियुक्त भएका छन् । नेपालको संविधानको १९५ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा शुक्रबार पोखरेललाई नियुक्त गरेका हुन् ।

पोखराका कानुन व्यवसायी पोखरेल पोखरा–२१, निर्मलपोखरीका बासिन्दा हुन् । उनका आमा जमुना र बाबु मोतिप्रसाद पोखरेल हुन् । पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आएका छन् । पोखरेलले शुक्रबार नै प्रदेश प्रमुख शेरचन नियुक्तिपत्र बुझेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार