अर्थमन्त्री डा. युवराज खतिवडाले आज शुक्रबार साँझसम्म पदबाट राजीनामा दिने जानकारी गराएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा खतिवडाले साँझसम्म आफूले मन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका छन्।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए।
उनको थपिएको ६ महिने कार्यकाल पनि शनिबार पुरा हुँदैछ।
सांसद नरहेका खतिवडालाई राष्ट्रिय सभामा नियुक्त नगरिने भएपछि मन्त्रिपरिषदमा उनको निरन्तरता नहुने भएको हो।