काठमाडौं । प्रधानम्न्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहरको छ ।
बैठकमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्नेबारे छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए ।
नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए ।
यस्तै शनिबारदेखि कार्यकाल सकिन लागेका अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार राजीनामा दिने बुझिएको छ।
खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।