• शनिबार, साउन ९ २०८३

आजबाट सांसद बन्दै वामदेव


शुक्रबार, भाद्र १९ २०७७
860
Shares

आम निर्वाचन २०७४ मा बर्दियाबाट पराजित भएको ३३ महिनापछि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम सांसद बन्ने भएका छन्। यससँगै सांसद बन्ने वर्षौँदेखिको उनको प्रयास सफल हुने देखिएको छ।

पार्टी सचिवालय बैठकले राष्ट्रियसभामा लैजाने निर्णय गरेपनि सरकारले ६ महिनासम्म उनलाई सिफारिस गरेको थिएन।

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको राष्ट्रियसभाको एक पदमा गौतमलाई पठाउन आफू तयार रहेको बताए।

आज शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त एक पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार