• शनिबार, साउन ९ २०८३

होटल क्वारेन्टिन भन्दा मास क्वारेन्टिन सुरक्षित : नेकपा


शुक्रबार, भाद्र १९ २०७७
1.5K
Shares

गोरखा । कोरोना नियन्त्रण र रोकथामको कामलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखा नगर कमिटिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

नगरपालिका भित्रका क्वारेन्टिन, हेल्डिङ सेन्टर तथा आइसोलेसनको अनुगमन र क्वारेन्टिनमा बसेकाहरुसँग छलफल गरी बिहीबार विज्ञप्ती मार्फत नेकपाले आफ्नो धारणा सार्वजानिक गरेको हो ।

नगरपालिका भित्र होटल क्वारेन्टिन भन्दा सरकारद्धारा सञ्चालित सामुहिक क्वारेन्टिन सुरक्षित र भरपर्दो समेत रहेको पाइएको समितिका संयोजक कृष्ण रानामगरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

‘सामुहिक क्वारेन्टिनमा सुरक्षाकर्मी, स्वास्थकर्मी समेत परिचालन गरिएको छ, तर होटल क्वारेन्टिनमा त्यसको व्यवस्था समेत नरहेको हुदा होटल क्वारेन्टिनमा बसेका व्यक्ति जतिबेला जहाँ लुकिछिपी निस्कन सक्ने अबस्था समेत भेटिएकाले त्यो जोखिमपूर्ण छ ।’ बिज्ञप्तीमा भनिएको छ ।

अनुगमनका क्रममा गोरखा नगरपालिका–१० मा रहेको मनकामना बहिरा आवासिय बिधालयमा निर्माण भएको क्वारेन्टिनमा घेराबार गर्नुपर्ने देखिएकाले त्यसका लागि पहल गर्न समेत स्थानीय सरकारलाई आग्रह गरिएको छ ।

बिज्ञप्तीमा बन्दाबन्दीको कारण आम जनतामा आर्थिक संकट पैदा भइरहेका बेला स्वास्थकर्मी, र सुरक्षाकर्मीको निगरानी बिनाको महंगो शुल्क सहितको होटल क्वोन्टिनमा जान जिम्मेवार निकायबाटै दबाब हुने गरेको गुनासो समेत भेटिएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार