सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सो कुरा जानकारी गराएका थिए।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिश गरिनेबारे बैठकलाई जानकारी गराएका थिए।