बिहान बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकघन्टा छलफल भएको थियो।
पार्टी विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्य पदमा मनोनयनका लागि सिफारिश गर्ने विषय, कोरोना महामारी नियन्त्रण लगायतका एजेण्डामा बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।
बिहान ११ बजे बस्ने तय भएको बैठक आन्तरिक तयारी गर्न भन्दै ३ बजेलाइ सारिएको थियो।