• शनिबार, साउन ३० २०८३

नेकपा बैठक सर्‍यो


बिहिबार, भाद्र १८ २०७७
910
Shares


यसअघि भदौ १३ गतेका लागि तय भएको बैठक स्थगित गरि आज बिहान लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक दिउँसो ३ बजेका लागि सरेको छ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए। उनले बैठक सार्नुपर्नाको कारणबारे भने खुलाएनन्।

बिहीबार बस्ने सचिवालय बैठकमा निर्णय गरेर मन्त्रिपरिषद्बाट मनोनयनका लागि उम्मेदवार सिफारिस गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ ।

तर बुधबार साँझको भेटमा पनि प्रधानमन्त्री ओलीले खतिवडाको पक्षमा अडान राखेको र दाहालले पार्टी सचिवालयको निर्णयअनुसार गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने भनाइ दोहोर्‍याएको उनीहरूका निकट स्रोतले जानकारी दियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार