काठमाडौं । नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

