• शनिबार, साउन ९ २०८३

हवाई यातायात तथा लामो दूरीका सवारी साधन भदौ मसान्तसम्म बन्द


सोमबार, भाद्र १५ २०७७
1.1K
Shares


कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले लामो दूरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

साउन २६ गते सरकारले हवाई यातायात भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको थियो तर
हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

भदौ १ गतेदेखि लामो दूरीका र हवाई यातायात चल्न दिने निर्णय गरिएको थियो। तर संक्रमण बढ्दै जाँदा त्यसलाई पछि सार्दै लगिएको हो।

पछिल्लो समय सरकारले भदौ १७ सम्म उपत्यकामा निषेधाज्ञा लागू गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार