काठमाडौंमा सुरु भयो ट्रेड युनियनको महाधिवेशन, कस्तो बन्दैछ केन्द्रीय समिति ?

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी)को ७ औँ राष्ट्रिय महाधिवेशन आज सोमबारबाट सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको महाधिवेशन ६ गतेसम्म चल्नेछ ।
महाधिवेशनको आज कांग्रेसका कार्यवाहक सभापति समेत रहेका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यक्रम उद्घाटन गरेका हुन् ।
ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन कार्यक्रममा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, कृष्ण सिटौला लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा ट्रेड युनियन अभियानमा सम्बद्ध बिभिन्न देशका प्रतिनिधीहरु समेतको सहभागिता रहेको छ …