‘सि–स्टार’को ठगी: अनुसन्धान प्रगति शुन्य, पीडितबाटै सुराकको अपेक्षा गर्ने रोजगार विभागमाथि नै आशङ्का

काठमाडौँ । एक हजारभन्दा बढी युवालाई वैदेशिक रोजगारीको लोभ देखाएर सामान्य तालिम केन्द्र सञ्चालन गरी करोडौँ रकम ठगी गर्ने सि-स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरमाथिको अनुसन्धान प्रगति डेढ महिना हुँदा पनि शुन्य छ ।

काठमाडौँ महानगरपालिका-३ बाँसबारीमा रहेको सि-स्टारका सञ्चालक लालबहादुर लामा र सिइओ रोशन न्यौपालेले कानुन विपरित विदेश पठाउने लोभमा युवाहरुबाट करोडौँ ठगी गरेका थिए ।

तर उक्त घटनाको खास अनुसन्धान नै हुन सकिरहेको छैन । त्यसका सञ्चालक लालबहादुर लामा र सिइओ रोशन न्यौपाले अझै फरार छन् ।

वेदेशिक रोजगार विभागले गत पुस २२ गते सेन्टरको कार्यालयमा छापा मारेको थियो । …