अब नेपालबाट कतार र दुवईमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान नपाइने

काठमाडौँ । नेपाल सरकारले कतार र दुवईका लागि बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा पूर्व स्विकृती नदिने भएको छ ।

वैदेशिक रोजगार विभागले आज सोमबार एक विज्ञप्ती प्रकाशन गर्दै कतार र यूएईका लागि बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा पूर्व स्विकृती तत्कालका लागि स्थगित गरेको जनाएको हो ।

बाइक राइडर र ट्याक्सी चालक पदमा जाने नेपाली कामदारले कतार र दुवईमा अनावस्यक झण्झट र दुख पाएको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वस्विकृती रोकेको विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुषालले सिभिलखबरलाई बताए ।

सो पदमा गएका नेपाली कामदारहरु लामो समय समस्यामा परेको, स्विकृत मागपत्र …