एसईई सकियो, अब फुर्सदको समयमा के गर्ने ?

एसईई सकियो । परीक्षाका बेला पढाइमा तल्लीन विद्यार्थीहरू परीक्षाको समाप्तिसँगै आफूलाई स्वतन्त्र महसुस गर्छन् । पढाइको बोझ कम भएको मान्छन् ।

यही समयमा उनीहरूले गलत बाटो पनि समाउन सक्छन् । टाइम पासको बहानामा कुसंगत र कुलतमा समेत फस्न सक्छन् । मनोरञ्जनका लागि साथीभाइसँगै होमा हो मिलाउँदै हिँड्न सक्छन् । त्यसैले अब, यस्ता कुरा छाडेर फुर्सदको यो समयलाई सदुपयोग गरौ ।