१८ पालिकाको लापरवाहीले नागरिक न्यूनतम रोजगारीको अवसरबाट वञ्चित, कर्मचारी भने तलब खाएरै बस्छन्

काठमाडौँ । देशका १८ पालिकाले वेरोजगारहरुको सूची श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नबुझाएको पाइएको छ । ती स्थानीय तहको लापरबाहीले नागरिक रोजगारीबाट वञ्चित भएका छन् ।

चालु आर्थिक बर्ष २०७९/८० मा कार्यान्वयन हुने प्रधानमन्त्री रो्जगार कार्यक्रमका लागि १८ स्थानीय तहले वेरोजगारको सूची नै नबुझाएको पाइएको छ। २०७५ फागुन १ देखि सुरु भएको कार्यक्रमले हरेक वर्ष ७५३ वटै पालिकाका सूचिकृत वैरोजगारहरुलाई न्युनतम एक सय दिन रोजगारी दिने गर्दछ ।

तर देशका १८ पालिकाले भने गत वर्ष वेरोजगारको सूची मन्त्रालयमा सूचिकृत नगर्दा न्युनतम रोजगारीको अवसरबाट त्यहाँका जनता वञ्चित भएका हुन् । …