पाइलटकै तलब नदिने गुण एयरलाइन्स, उडानमै लाग्यो प्रतिबन्ध

काठमाडौँ । गुण एयरलाइन्सले कार्यरत पाइलट र कर्मचारीहरुको तलब समेत नदिएपछि उडान नै रोकिएको छ ।

महिनौदेखि पाइलट, एयरहोस्टेजलगायत एयरलाइन्समा कार्यरत कर्मचारीको तलब नदिएको खुलेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको छ ।

सात वटा विमान रहेको गुणमा तलब नपाएपछि आन्दोलन स्वरुप पाइलटले गत हप्तादेखि नै उडान गर्न छाडेका थिए । कर्मचारीले तलब नपाएको जानकारी पाएपछि प्राधिकरणले गुणको ‘अडिट’ हेरेको थियो ।

‘हामीलाई आएको सूचना फेरिफाइ गर्न अडिट गर्यौँ, तलब निकासा भएको देखिएन’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सिभिलखबरसँग भने ‘हामीले गुणलाई आदेशपत्र पठाएर तत्काल समस्या समाधान गर्न र पूरानो …