समाचार स्वास्थ्य हाइलाइट-समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोनाले ठूलो दुर्घटना निम्त्याउने खतरा छ !

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।

कोरोनाविरुद्ध सरकारले लागू गरेको नियम पालना नगरी लापरबाही बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले यसले काठमाडौंको जनस्वास्थ्यमा ‘ठूलो दुर्घटना’ निम्तिने चेतावनी दिएको हो।

नियमित ‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘काठमाण्डुमा फाटफुट केसहरू भेटिइरहेका छन्। काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ। यसमा पथपरहेजमा बस्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा पनि म जानकारी गराउन चाहन्छु।’

यस्तै देशका कतिपय नाकामा पनि अहिले लापरबाही बढिरहेको उनले जानकारी दिए। जनस्वास्थ्यको मापदण्ड पालना नगरिएकाले संक्रमण बढ्दै गएको उनले बताए।

‘हालसालै भारतबाट ओखलढुंगा कामदाहरू लगियो, २१ कामदारमध्ये १८ जनामा कोरोना पोजिटिभ देखियो,’ उनले भने, ‘अहिले उनीहरूलाई विराटनगर लगिएको छ।’

यस्ता घटना आइरहेकाले सबैलाई सचेत रहन मन्त्रालयले आग्रह गरेको छ। 

Related posts

कोरोना त्रासका वीच मुस्लिम समुदायले मनाए इद

civilkhabar

समितिका निर्देशन सरकारले पालना गर्नैपर्छ : सभापति श्रेष्ठ

civilkhabar

बुवाको सँस्कारले सिकाएको समाजसेवाः जसले बाँडे ३५ लाखको राहात

civilkhabar

Leave a Comment