मोरङ । कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको छ।
विराटनगर महानगरपालिका क्षेत्रमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको हो। कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो।
जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १४ दिन लामो लकडाउन गर्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले जानकारी दिएका छन्।
विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, विराट अस्पताल, कोसी अस्पतालसहितका दर्जनौं कोरोना संक्रमित भेटिएका छन्।