गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

मास्क नलगाउनेलाई कारबाही थालियाे, बिहिबार ५३ जना पक्राउ

गोरखा । गोरखा बजारमा बिना मास्क हिडडुल गर्ने ५३ जना कारवाहीमा परेका छन् । बिहिबार सदरमुकामको विभिन्न क्षेत्रमा मास्क बिना हिडिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

लकडाउन खुकुलो भए संगै केहि दिनयता बजार क्षेत्रमा सर्वसाधारणहरुको चलहपहल बढेको थियो । सार्वजनिक सवारी तथा पसल र सरकारी कामका सिलसिलामा आउनेहरुको संख्या पनि ह्वात्तै बढेको छ ।

लकडाउन खुलेपनि संक्रमण जोखिम भने नटरेको भन्दै सरकारले मास्क लगाएर मात्रै हिडडुल गर्न आग्रह गरेको छ । तर आग्रहलाई अटेर गरेको भन्दै बिहिबार गोरखा बजार क्षेत्रका हमटारी, बसपार्क, शक्तिचोक, अस्पताल क्षेत्र लगायतबाट ५३ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए ।

घर बाहिर निस्कदा मास्क नलगाएको पाइए संक्रमण ऐन २०२० अनुसार कारवाही गर्न प्रशासनलाई गृह मन्त्रालयले परिपत्र गरे पछि जिल्लामा पहिलो पटक कारवाहीमा गरिएको बताइएको छ । पक्राउ परेका सबैबाट कारबाही स्वरुप १ सय रुपैया जरिवाना असुल गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सबैलाई घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन भन्दै माईकिङ गरेपनि सर्वसाधारणले अटेर गरेपछि कारबाही गर्नुपरेको डिएसपी खतिवडाले बताए ।

पहिलो चरणमा गोरखा सदरमुकाम क्षेत्रमा कारबाही गरिने र अन्य पालिका तथा मुख्य मुख्य बजार क्षेत्रमा समेत यो अभियानलाई निरन्तरता दिने प्रहरीको तयारी छ । नियन्त्रणमा लिएका सबैलाई प्रहरी कार्यालय परिसर भित्र सचेतना मुलक प्रशिक्षण समेत गरिएको बताइएको छ ।

बिहिबार कारबाहीमा परेका मध्ये १३ जना महिला र ४० जना पुरुष रहेको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Related posts

पुन: निर्माणमा खटिएका प्राविधिकले राजिनामा दिन थाले, पुनर्निर्माण प्रभावित

civilkhabar

पीएम कप क्रिकेट : गण्डकीले दर्ता गर्‍यो पहिलो जित, प्रदेश १ दुई विकेटले पराजित

civilkhabar

बुधबार एकैदिन थपिए ५ सय ८६ जना काेराेना संक्रमित

civilkhabar

Leave a Comment