समाज स्वास्थ्य हाइलाइट-समाचार

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक विदेशी नागरिक समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार धनुषाका एक ६० वर्षीय पुरुष र एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार जनकपुर उपमहानगरपालिकाका ती पुरुषमा खोकी र श्वासप्रश्वासमा समस्या रहेको थियो।

उनलाई उपचारका लागि साउन २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनको उपचारकै क्रममा साउन ६ गते निधन भएको थियो। निधनपछि गरीएको नमूना परीक्षणमा उनमा कारोना पुष्टि भएको भएको प्रवक्ता गौतमले बताए।

Related posts

सेनाध्यक्ष नरवाणेको भ्रमणका बेला द्विपक्षीय रक्षा साझेदारीबारे छलफल हुनेछ : भारत

civilkhabar

काेराेना राेकथाममा गोरखाका स्थानीय तहलाई पर्यटन ब्यवशायी खत्रीको साथ

civilkhabar

गोरखामा प्रहरीमा समेत देखियो कोरोना, प्रहरी चौकी सिल

civilkhabar

Leave a Comment