• मंगलबार, चैत्र ६ २०८०

मेयर कडेंलकाे समन्वयमा मृतकको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग


शनिबार, असार २७ २०७७
140
Shares

गोरखा । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग भएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको परिवारलाई अमेरिका गोरखा समाजले एक लाख एघार हजार एक सय एघार रकम सहयोग गरेको हो ।

शनिवार एक कार्यक्रमका विच नगर प्रमुख ईन्जिनियर दिपक बाबु कडेलले मृतकको परिवारलाई हस्तान्तरण गर्नु गरेका हुन् । हाल अमेरिकामा रहेका अञ्जन श्रेष्ठ, कृष्ण लामिछाने, विनोद भट्ट , प्रमोद श्रेष्ठ लगायतको सक्रियतामा रकम संकलन गरिएको हो ।

बैदेशिक रोजगारमा रहेका ती व्यक्तिको गत असार २१ गते निधन भएको थियो । नेपाल फर्किए लगतै २० गते राति ९ः५५ बजे अस्पताल भर्ना भएका भएका उनी डायविटिज रोगी रहेको समेत थिए ।

स्थानीय जिवनज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका उनलाई समस्या भएपछि जिल्ला अस्पालत गोरखाको आइसियुमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो । घर मुलिको मृत्यु भएपछि अहिले उनको परिवार आर्थिक समस्यामा परेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार