राजनीति समाचार

सरकार विरुद्ध आन्दोलन घोषणा गर्ने कांग्रेस पदाधिकारी बैठककाे निर्णय ।

काठमाण्डाै । नेपाली कांग्रेसले कोरोना रोकथाम र उपचारमा थप प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार आन्दोलनको घोषणा संगलबार बस्ने केन्द्रीय समितिको बैठकले गर्ने छ ।

यस अघि काँग्रेसले सबै जिल्ला बाट कोरोना रोकथाम नियन्त्रणका लागि सरकारलाई सुझावसहित ध्यानाकर्षण गराएको थियो ।

कोरोना संक्रमित बढिरहेको र यस अघि पार्टिले राखेको माग तथा ध्यानाकर्षणलाई सरकारले वेवास्ता गरेकोले आन्दोलनमा जाने निर्णयमा काँग्रेस पुगेको हाे । त्यसका लागि पार्टीका भ्रातृ संस्थाका साथै पार्टीलाई पनि आन्दोलनमा लैजाने बैठकको निष्कर्ष रहेको काँग्रेस संगठन विभाग प्रमुखसमेत रहेका नेता गोपालमान श्रेष्ठले जानकारी दिए ।

Related posts

रुपन्देहीमा ५ जना कामदारको हत्या

civilkhabar

इजिप्टका पूर्वशासक होस्नी मुबारकको मृत्यु

civilkhabar

भरतपुर अस्पतालमा मृत्यु भएका यादवलाई कोरोना नलागेको पुष्टि

civilkhabar

Leave a Comment