राजनीति समाचार हाइलाइट-समाचार

नेकपा स्थायी समिति बैठकमा आज २१ नेताले बोले, अर्को बैठक कहिले ?

काठमाण्डाै । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जारी स्थायी समितिको बैठकमा आज २१ नेताहरुले आफ्नो धारणा राखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको तेस्रो दिनको बैठकमा नेपाल भारत सीमा समस्यामा केन्द्रीत रहेर २१ नेताहरुले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आज बोल्ने अधिकांश नेताहरुले नेपाल–भारत सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्नुपर्ने बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा देवेन्द्र पौडेले, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईँ, लेखराज भट्ट, मणि थाप, वामदेव गौतम, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, ईश्वर पोखरेल, लेखराज भट्ट, शक्ति बस्नेत, योगेश भट्टराई, विष्णुपुकार श्रेष्ठ र पुष्प कँडेलले बोलेका थिए।

उनले पार्टीको अर्को बैठक यही असार १६ गते ११ बजे बालुवाटारमै बस्ने जानकारी दिए।

Related posts

रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर

civilkhabar

चैत १२ गतेसम्मका लागि रोकियो बी डिभिजन लिग

civilkhabar

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने

civilkhabar

Leave a Comment