अर्थ प्रदेश ४ हाइलाइट-समाचार

पालुङटारले ल्यायो आगामी बर्षका लागि साडे ८० करोडको बजेट

गोरखा । पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपैँयाको बजेट प्रस्तुत गरेको छ ।

बुधबार नगरसभा बैठकमा पालुङ्टारले नीति तथा कार्यक्रम संगै बजेट समेत पेश गरेकाे हाे ।

जसअन्तरगत वित्तिय समानिकरण अनुदान १७ करोड ९३ लाख, शसर्त अनुदान चालु तर्फ २९ करोड ३८ लाख, समपुरक अनुदान तर्फ २ करोड ४० लाख र राजस्व बाँडफाँडको ९ करोड ३८ लाख ५८ हजार ४८० गरी कुल ५९ करोड ५८ लाख ४८० रुपैयाँ संघिय सरकारबाट अनुदान स्वरुप प्राप्त भएको नगरप्रमुख दिपकबाबु कंडेलले बताए ।

प्रदेश सरकारको तर्फवाट प्राप्त समानीकरण अनुदान १ करोड २६ लाख ५४ हजार, राजस्व बाँडफाँड ५७ लाख ७२ हजार, सशर्त अनुदान तर्फ ५० लाख र जनसहभागिता १ करोड गरी कुल ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपियाँ प्राप्त हुने लक्ष्य निर्धारण गरिएको उपप्रमुख पम्फा बसेलले जानकारी दिइन ।

Related posts

गाेरखामा थपिए ४ जना काेराेनाका बिरामी, संक्रमितकाे संख्या १४ पुग्याे

माेहसिन अलि मियाँ

गोरखामा संक्रमितकाे संख्या ७० पुग्याे, गण्डकीमा थप १ जनामा संक्रमण

civilkhabar

गोरखामा पिसिआर मेसिन खरिद गर्न बन्यो अध्ययन समिति

माेहसिन अलि मियाँ

Leave a Comment