अर्थ कृषि शिक्षा समाचार समाज स्वास्थ्य

कागेश्वरी मनोहराले दियो वहाल करमा ५० प्रतिशत छुट

काठमाण्डौं । कागेश्वरी मनोहरा नगरपालिकाले घर जग्गा वहाल करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज सम्पन्न नगर सभाले घर जग्गा कर तथा मालपोत बक्यौता पौष भित्र बुझाएमा जरिवाना समेत छुट दिने निर्णय गरेको छ ।

नगरले जारी गरेको प्रेश विज्ञप्तीमा नगरभित्र संचालनमा रहेको उद्योग धन्दाको सेवा शुल्क तथा राजश्वको बक्यौतामा जरिवाना छुट दिने उल्लेख गरिएको छ ।

त्यस्तै कोरोना महामारी नियन्त्रण र व्यवस्थापनका लागि नगरका स्वास्थ्य संस्थालाई प्रभावकारी संचालन र व्यवस्थापनका कार्यक्रम पारित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना महामारीको कारण नगरवासिमा परेको समस्या समाधानका लागि रोजगारी सिर्जना हुने गरि व्यवसायिक कृषिमा संलग्न किसानकालागि निशुल्क अन्न वाली विमा, पशु विमा, कृषि औजार र मल विउ विजनमा अनुदानको व्यवस्था सहित रोजगारीको कायक्रम पारित गरेकाे छ ।

गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक पुर्वाधार, पाठ्यपुस्तक, तालिमका साथै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था सहितको कार्यक्रम ल्याइएको छ ।

नगर सभाले आ.ब. ०७७–७८ का लागि १ अर्ब ६७ करोड ५ लाख ६९ हजार बजेट पारित गरेको छ । जसमा चालु तर्फ ३८ करोड ३२ लाख, ८८ हजार छ भने पुँजीगत तर्फ १ अर्ब २८ करोड, ७२ लाख, ८१ हजार अनुमानित खर्च रहेको छ ।

Related posts

नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप

civilkhabar

खाना खाएर सुतेकी वृद्धाको घाँटी रेटेर हत्या

civilkhabar

जिप दुर्घटनामा परी प्रतापपुर गाउँपालिकाका अध्यक्षको मृत्यु

civilkhabar

Leave a Comment