प्रदेश ४ स्वास्थ्य हाइलाइट-समाचार

गोरखामा संक्रमितकाे संख्या ७० पुग्याे, गण्डकीमा थप १ जनामा संक्रमण

गोरखा । गोरखामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेकाे प्रेस विज्ञप्तीमा गण्डकी गाउँपालिकाका ४२ बर्षिय एक पुरुषमा संक्रमण पुष्टि गरेकाे हाे । याे संगै गोरखामा संक्रमितकाे संख्या ७० जना पुगेकाे छ ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणकाे नतिजा अनुसार बुधबार बिहान प्रदेशका कास्कीसहित ८ जिल्लामा ३२ जनामा काेराेना पुष्टि भएकाे छ ।

पछिल्लाे विवरण अनुसार लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गाेरखा, तनहुँ र बागलुङमा १/१ जनामा काेराेना पुष्टि भएकाे छ । नवलपुरमा थप ३ जनामा काेराेना पुष्टि भएकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

Related posts

आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस

civilkhabar

गोरखामा एकै दिन जिते २१ जनाले कोरोना, हेर्नुस कुन पालिकाका कति ?

civilkhabar

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

civilkhabar

Leave a Comment