विचार शिक्षा

बिश्वबिध्यालय पनि आन्तरिक मुल्यांकन र अनलाइनमा जान आवश्यक

प्रमाेद कट्टेल

विद्यार्थी भनेका देशका होनहार र भबिस्यका कणधार हुन। विद्यार्थीहरु सबै थोकको तनाब र भय बाट मुक्त भए मात्र दक्ष जनशक्तिको उत्पादन भइ देशको बिकासको परिकल्पना गर्न सकिन्छ ।विद्यार्थी नै मानिसक रोगको सिकार भए देशमा शिक्षित मानिसको कमि हुन पुग्छ। जस्को फलस्वरूप देशको लागी चिन्तन गर्ने मानिसको कमि हुन्छ।

हिजो देशको विभिन्न कालखण्डमा विभिन्न प्रकारका युद्धले गर्दा धेरै मानिसहरु शिक्षाबाट बन्चित हुन पुगे जस्ले गर्दा हामी भन्दा अगिल्लो पुस्ताका मानिसहरु शिक्षा लिन चाहाँदा चाहाँदै पनि धेरै जना शिक्षाबाट बन्चित हुन पुगे। गणतन्त्र पछी शिक्षामा क्रमिक सुधार हुदै हामी अहिले यो अबस्थासम्म आइपुग्दा शिक्षाको पहुँच बाट टाढा हुने मानिसहरु बिरलै भेटिन्छ।

बिश्वको मानब जिबन नै कोभिड १९ (कोरोना भाइरस) बाट आक्रान्त भैरहेलो अबस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेन जस्ले गर्दा नेपाल जस्तो कम्जोर अर्थतन्त्र भएको मुलुकमा देश नै चल्न नसक्ने गरेर अर्थबेवस्था खस्किएको छ। कोभिड १९ ले शिक्षा क्षेत्रमा पनि अकल्पनीय क्षति पुराएको छ।

चैत देखी आजसम्म शिक्षा क्षेत्र पनि ठप्प छ। यो बिचमा अनलाइन कक्षाको कुरा आएको छ कतै ईन्टरनेट को पहुँच नहुनु र कतै ईन्टरनेटकै पहुँच भएपनी विद्यार्थी र शिक्षक दुबै एस्को प्रयोग बारे अन्जान हुँदा प्रभाबकारी हुन सकिरहेको छैन। अनलाइनमा अधारित पाठ्यक्रम नहुनु र यो अनुसारको शिक्षा निति नहुनुले पनि माध्यमिक तहमा अनलाइन कक्षा प्रभाबकारी हुन सकेको छैन।

सरकारले ढिलै भयनी माध्यामिक शिक्षा परिक्षा ९एस इई० को अन्तिम परिक्षालाई आन्तरिक मुल्यांकनबाट मुल्यांकन गर्ने भनेको छ। कक्षा एघारको पनि अन्तिम परिक्षालाई आन्तरिक मुल्यांकनमा जान कानुनी जटिलता नआउने शिक्षा मन्त्रालयले बताउदै आएको छ। अन्तिम परिक्षालाई अधार मानेर विद्यार्थीको भबिस्यमुल्यांकन गर्ने हाम्रो शिक्षा बेवस्थालाई साच्चिकै आन्तरिक मुल्यांकन गर्न कठिन छ।

आन्तरिक मुल्यांकनमा जानको लागी हरेक विद्यार्थीको प्रतिभा र क्षमतालाई हेर्नु पर्ने हुन्छ तर जाँचको कापिमा लेखेको अधारमा मुल्यांकन गर्न बानि परेकाले कयौं विद्यार्थीको मुल्यांकन गलत हुन पनि सक्छ। कापिमा लेखेको अधारमा मुल्यांकन गर्ने परिपाटीले गर्दा जाँचको अगिलो दिन टुपिकसेर जाँच राम्रो गर्ने विद्यार्थीपनि हामी सङ्ग प्रसस्त छ्न।

यि सबै कुरालाई थाती राखौं मुल्यांकन सहि र बैज्ञानिक हुन्छ भन्नेकुरामा आम विद्यार्थी ढुक्क हुन आवस्यक छ। फलामे ढोकाको रुपमा चिनिने माध्यामिक शिक्षा परिक्षा ९एस इई०दिने लाखौं विद्यार्थीहरु मानसिक रुपमा मुक्त भएका छ्न। यस्तो संकटको बेलामा सरकारको यो निर्णय स्वागत योग्य छ।

लाखौं विद्यार्थी अध्यनरत विभिन्न बिश्वबिध्यालयका विद्यार्थी भने अन्योलमा परेका छ्न। बार्षिक प्रणालि अन्तर्गत पढेका विद्यार्थी अजै समय छ भनेर कै ढुक्क देखिय पनि सेमेस्टर प्रणालि अन्तरगत पढने विद्यार्थी भने सेमेस्टर गुम्ने डरले चिन्तित भएका छ्न। आज धेरै जसो बिश्वबिध्यालय सेमेस्टेर प्रणालिमा गैसकेको छ।

छ-छ महिनामा सकिने सेमेस्टेर आज तिन महिना बितिसक्दा पनि बिश्वबिध्यालयले अधिकारिक निर्णय लिन नसक्दा कयौं विद्यार्थीहरु मानिसक समस्याले गुर्जिन थालेका छ्न।येदा कदा कतै कतै अनलाइन बाट कक्षा संचालक गरेपनी प्राभाबकारी हुन सकेको छैन।माध्यामिक तहमा जस्तो अनलाइनमा जान गारो हुन्छ जस्तो पनि लागदैन किनकी आर्धुनिक जमनामा सबै सङ्ग कम्पुटर नभएनी एनड्रोइड फोन सबैसङ्ग छ।

बिश्वबिध्यालयले सस्तो र राम्रा ईन्टरनेट प्याकेजको बेवास्ता गर्ने हो भने अनलाइन प्रभाबकारी हुन सक्थ्योकिरु स्नातक र स्नातकोत्तर पढने विद्यार्थी धेरै जसो फाइनल जाँच दिदा दिदै वा दिने तयारी गर्दा गर्दै लक्डाउनको सिकार बन्न पुगेका छ्न। जस्ले गर्दा बिश्वबिध्यालयले अनलाइन कक्षा संचालक गर्न पाएका छैनन्। आजको बिश्वसमुदाय अनलाइनमा अगि बढिसकेको अबस्थामा अगिलो सेमेस्टर वा अगिलो बर्षको जाँचलाई आन्तरिक मुल्यांकन गरेर अनलाइनमा जानुको बिकल्प छैन।

सिमित अबधिको लागि सिमित खर्च जुटाएर बिश्वबिध्यालय छिरेका आम विद्यार्थीहरु आर्थिक कारणले गर्दानै कोभिड १९ पछि बिश्वबिध्यालय अध्यन बाट बन्चित नहोलन भन्न सकिदैन।विद्यार्थीको निमित्त पनि राज्य स्तथर बाट खासै राम्रो प्याकेज पनि आउन सकेको छैन।प्राय जसो बिश्वबिध्यालाय अन्तरगतका क्याम्पस सहरमा मात्र नै छ्न बढ्दो महङ्गिले आम बिध्यर्थिहरु उच्च शिक्षाका लागी गाउँबाट आएर सहर मा अध्यन गर्नु जटिल बनेको अबस्थामा कोभिड १९ जस्तो महामारिले झ्न मानसिक समस्या थपदिएको छ।

बिश्वबिध्यालय अध्ययन सकिएयसी सबैको सोच जागिर खाएर आफनो जिबिकोपार्जनलाई सहज बनाउने सोचमा हुन्छन् तर यसरी विद्यार्थीलाई बन्दकोठामा थुनेर राख्दा आम विद्यार्थी र अभिभाबक मानसिक समस्यामा गुर्जिएको देखिन्छ। जस्ले गर्दा बिश्वबिध्यालयले छिटो भन्दा छिटो आवश्यक निर्णय गर्न आवश्यक छ।

सबै भन्दा समस्या बार्षिक प्रणालि अन्तर्गत पढेका विद्यार्थी भन्दा पनि सेमेस्टेर अन्तर्गत पढेका बिध्यार्थी लक्डाउन को सिकार भएका छ्न। बिश्वका कयौं बिश्वबिध्यालयहरु २०२० सम्म अनलाइनबाट कक्षा संचालन गर्ने कार्यबिधी बनाउन जुटिसकेको छ्। नेपालका पनि बिश्वबिध्यालयहरु पनि अनलाइनमा जाने कुरात गरेको सुन्छु तर तिन -चार महिनाको अन्तराल सम्म आधिकारिक निर्णय लिन सकेको छैन जस्ले गर्दा आम विद्यार्थी र अभिभावक अन्योलमा परेका छ्न।

सेमेस्टर अन्तर्गत नेपालमा आन्तरिक र बाह्य परिक्षा लिएर विद्यार्थीको मुल्यांकन गर्ने गरिएको छ।धेरै जसोको आन्तरिक मुल्यांकन सकिएर बह्री परिक्षा रोकिएको वा दिदै गरेको अबस्थामा रोकिएको छ जस्ले गर्दा कहिलेकाहीं शिक्षा मन्त्रालयबाट नै अबस्था सामन्य भएको पन्ध्रदिन पछि जाँच हुन्छ भन्दिनुले झन विद्यार्थीमा अनेक प्रकारका तरङ्ग पैदा भएको छ।कोभिड १९ को संक्रमण दिनानु दिन बढी रहेको अबस्थामा चाढ्नै कक्षा कोठामा गएर पढने बाताबरण आउला भन्ने अबस्थ छैन।

सामाजिक दुरि कायम गरेर विभिन्न देशलेत कक्षा कोठामै राखेर बिद्यार्थी पढाएको सफल उदाहरण पनि छ। अब कसरि हुन्छ बिश्वबिध्यालयले छिटो भन्दा छिटो विद्यार्थीको अन्योलतालाई निकास दिन आवश्यक छ।बिपत्ति को बेलामा बिरोध भन्दा पनि सिमित स्रोत र साधनको उपयोग गरेर बिश्वबिध्यालयलाई अनलाइनमा लानु बाहेक अरु बिकल्प छ जस्तो लागदैन।

आन्तरिक मुल्यांकनबाट विद्यार्थीलाई अगढी बढाउने कार्यबिधी बनाउन आवश्यक छ। आन्तरिक मुल्यांकन बैज्ञानिक र विद्यार्थीको चित्त बुझदो आउछ भन्नेमा बिश्वबिध्यालयले आफना विद्यार्थीलाई बिस्वस्थ बनाउन सक्नु पर्छ। अन्तरिक मूल्याकंन पछि विद्यार्थीबाट गुनासो आउने तरिकाबाट आन्तरिक मुल्यांकनमा बिश्वबिध्यालय जानु हुदैन।

नबुझेको कुरा पनि सुघा रटाइमा रात दिन पढेर जाँचमा राम्रो गर्ने विद्यार्थी भोली जागिरे जिबनमा सफल हुन नसकेको प्रसस्थ उदाहरण छ्न।जस्ले गर्दा यो संकटमा सेमेस्टर प्रणालि लाई विद्यार्थी र शिक्षक बिचमा बिश्वास कायम गरेर आन्तरिक मुल्यांकनमै लान सक्ने अधार बनाउन सके बिश्वबिध्यालयको गुणस्थर माथी उठेको प्रस्नलाई हल गर्ने उतम समय हुन सक्छ।

सक्षम र सबल जनसक्ती उतपादन गर्ने बिश्वबिध्यालय यसरि बन्दक हुनु देशकै निमित्त पनि ठुलो क्षती हुन्छ।अब कसरी हुन्छ बिश्व बिध्यालय खुलाउन आवश्यक छ। सधैको बन्दा बन्दिले विद्यार्थी मानसिकरुपले सिकार भै दक्षजनशक्ति को उत्पादन हुदैन ।

लेखक त्रिभुवन बिश्वबिध्यालयमा भुगर्व बिभागमा स्नाकोतर अध्ययनरत बिध्यार्थी हुन

Related posts

ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार

civilkhabar

तत्काल विद्यालय बन्द नगर्ने सरकारको योजना

civilkhabar

लकडाउन र इद पर्व

civilkhabar

Leave a Comment