खेलकुद समाचार हाइलाइट-समाचार

‘म्याच फिक्सिङ’ काे आराेप लागेका सागर थापासहित ६ खेलाडीले पाए सर्वोच्चबाट सफाइ

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित ६ खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।

म्याच फिक्सिङ गरेको भन्दै राज्यविरुद्धको अपराध आरोप लागेका सागर थापासहित ६ जनाले मंगलबार सर्वोच्च अदालतबाट सफाइ पाएका हुन्।

न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले पूर्वकप्तान थापासहित सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिने यसअघिको विशेष अदालतको निर्णय सदर गरेको हो।

उनीहरुलाई २०७५ जेठ २४ गते सोही अभियोगमा निर्दोष रहेको ठहर गर्दै विशेष अदालतले सफाइ दिएको थियो। यद्यपि सरकारी पक्ष २०७५ मंसिर २० गते सर्वोच्चमा मुद्दा पुनरावेदनमा गएको थियो।

म्याच फिक्सिङको आरोप लागेका उनीहरुलाई २०७६ कात्तिकमा जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो। उनीहरुमाथि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आजीवन प्रतिबन्ध लगाएको छ।

Related posts

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

civilkhabar

सरकारले माग्याे मुआब्जाकाे निबेदन

civilkhabar

जनकपुरमा पैसा छरेकाे आराेप लागेकी दुवै महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

civilkhabar

Leave a Comment