प्रदेश ४ समाज

जातिय विभेदका विरुद्ध बुंकोटमा प्रदर्शन, रुकुम घटनाका दोषीलाई कारबाहीको माग

गोरखा । जातिय विभेद विरुद्ध गोरखाको बुंकोटमा प्रदर्शन भएको छ । छुवाछुत र विभेदकै कारण रुकुम पश्चिम घटना घटेको भन्दै शहिद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोटका स्थानीयले प्रदर्शन गरेका हुन ।

रुकुमको चौरजहारी घटनामा दलित युवाहरुलाई लखेटेर मारिएको भन्दै लालुपाते युवा क्लबले बुंकोटमा विरोध जुलुस निकालेको हो । पिपलडाँडाँबाट सुरु भएको विरोध जुलुसले मग्रातीटोल लगायत बुंकोटको बिभिन्न स्थान परिक्रमा गरी पुन पिपलडाँडाँमै गएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै शहिद लखन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले सो घटनाको दोषीलाई कडा कारबाहीको माग गरेका छन् । दलित भएकै कारण ६ जना युवाहरुले ज्यान गुमाउनु परेको भन्दै उनले पिडित पक्षको न्यायका लागि सरकारले निष्पक्ष ढंगबाट छानविन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्नुपर्ने तर्क गरे ।

समाजमा अझै पनि दलित र गैरदलितविच विभेदको खाडल बाँकी रहेको बताउदै वडाध्यक्ष श्रेष्ठले छुवाछुत र विभेद रहित समाज निर्माणमा एकजुट भएर लाग्न सबैलाई आह्वान समेत गरे ।

कार्यक्रममा स्थानीय समाजसेवी धन बहादुर विक, वयाक टोल विकास संस्थाका अध्यक्ष फत्त बहादुर थापा लगायतले घटनाको छानविन गरी सत्यतथ्य सार्वजानिक गर्न सरकारसंग माग गरे ।

जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई विवाह गर्न भन्दै आफ्ना साथीहरु सहित चौरजहारी पुग्दा गाउँलेहरुद्वारा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी उनिसहित छ जनाको हत्या भएको थियो ।

Related posts

निर्माण क्षेत्रमा संलग्न मजदुरलाई घर पु¥याइने (सूचना सहित)

civilkhabar

हेर्नुस्, यस्तो छ नेपालको नयाँ नक्सा

civilkhabar

काँग्रेस नेता थापाले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

civilkhabar

Leave a Comment