खेलकुद विदेश

रोनाल्डो र मेसीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक आम्दानी गर्ने खेलाडी

फुटबलका चर्चित हस्तीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै टेनिस स्टार रोजर फेडेरर विश्वमा सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उनी पहिलोपटक शीर्ष स्थानमा आएका हुन्।

३८ वर्षीय फेडेरर ८६ दशमलव २ मिलियन पाउण्ड स्टर्लिङ आम्दानी गर्दै ४ स्थान माथि पुगेका हुन्। विश्व टेनिसका लोकप्रिय खेलाडी फेडेररले २० वटा ग्राण्ड स्लाम जितेका छन्।

क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकाका बास्केटबल खेलाडी लिर्बन जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष ५ मा आफूलाई उभ्याएका छन्।

कोरोना भाइरसका कारण फुटबल स्टार मेसी र रोनाल्डोको तलब कटौती भएपछि पहिलोपटक टेनिसका खेलाडीले विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीको स्थान लिन सफल भएको फोर्ब्सका वरिष्ठ सम्पादक कर्ट बाडेनहाउसेनले बताए।

Related posts

गौतम बुद्धको नाममा निर्माणाधिन रंगशालामा मुस्लिम समुदायको सहयोग

civilkhabar

चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी

civilkhabar

बिहीबार एकै दिन थपिए १ लाख ५ हजार संक्रमित, सबैभन्दा बढी अमेरिकामा

civilkhabar

Leave a Comment