प्रदेश १ स्वास्थ्य हाइलाइट-समाचार

लकडाउनमा फसेर मस्जिदमा बसेका १४ जनाको आरडिटी नतिजा ‘नेगेटिभ’

गोरखा । उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी बढाएको छ ।

कोरोनाको जोखिम नियन्त्रण गर्न जारी लकडाउनका क्रममा फसेर मस्जिदमा बस्दै आएका १२ जना र शनिबार एक जनामा कोरोनाको संक्रमण पुष्टि भएसंगै सरकारले देशैभरका मस्जिदमा निगरानी र अनुगमनलाई तिव्रता दिएको हो ।

यसैक्रममा शनिबार दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण गरिएको छ ।

आरडिटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको दकम नगरपालिकाका प्रवक्ता गीता अधिकारीले बताइन ।

उपप्रमुखसमेत रहेकी प्रवक्ता अधिकारीका अनुसार सबैको रिर्पोट नेगेटिभ आएकाले त्रसित हुनुपर्ने अवस्था छैन । उनीहरु दुई महिनाअघि नै नेपाल आएको खुलेको छ ।

कोरोना सङ्क्रमण हुन नदिन सरकारले लकडाउन जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन् । उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा छन् ।

कपिलवस्तुको मस्जिद र मदरसामा अनुगमन, भेटीएनन् जमाती

त्यस्तै तराइका जिल्लामा रहेका बिभिन्न मस्जिदहरुमा समेत स्थानीय तह र प्रशासनले निरिक्षण र अनुगमनलाई तिव्रता दिएको बताइएको छ ।

शनिबार नै कपिलबस्तुको जवाभरी र चन्द्रौटा लगायतका स्थानमा रहेका मस्जिद, मदरसामा समेत अनुगमन गरिएको छ । तर त्याहा जमाती मुस्लिम नभेटिएको स्थानीय प्रशासनले जनाएको छ ।

अनुगमनमा कपिलबस्तुका प्रतिनिधी, प्रहरी, प्रशासन पत्रकार, मुस्लिम अगुवा लगायतको टोली सहभागी रहेका थिए ।

Related posts

अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन निगमको जहाज दुबई उड्यो

civilkhabar

अजिरकोटको नीति तथा कार्यक्रम सार्वजानिक, ४० कराेडकाे बजेट ल्याउने तयारी

civilkhabar

विदा भए प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

civilkhabar

Leave a Comment