विदेश समाज

चीनमा फेरी बल्झियाे काेराेना : एकैदिन १ हजार २९० को मृत्यु

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो ।

यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म चीनमा ८२ हजार ६९२ जना संक्रमित छन् । २४ घण्टाको अवधिमा ३२५ नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये ७७ हजार ९४४ उपचारपछि घर फर्किएका छन् भने ११६ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ८९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । 

Related posts

आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

civilkhabar

सिरानचोकका नागरिकलाई ग्रिन सिटी अस्पतालमा स्वास्थ्य परिक्षण गराएर मात्रै ल्याइने

civilkhabar

लकडाउन : यस्तो छ सरकारको राहत प्याकेज

civilkhabar

Leave a Comment