प्रदेश ४ समाज

शुक्रबारदेखि गोरखा बजारबाट एक ब्यक्ति सम्पर्क विहिन

गोरखा । गत १४ गतेदेखि गोरखा बजारबाट एक ब्यक्ति सम्पर्क बिहिन भएका छन् । गोरखा नगरपालिका ६ हरमटारी स्थित आयुर्वेदचोकमा बस्दै आएका ४८ बर्षिय हरि बहादुर मगर शुक्रबारदेखि हराएको परिवारले जनाएको छ ।

४८ बर्षका मगर १४ गते एक्कासी घरबाट निस्केका थिए । कोरोना भाइरस र लकडाउनबाट त्रसित बनेका मगर मंगलबारसम्म पनि सम्पर्कमा नआएपछि सहयोग गर्न आग्रह गर्दै श्रीमती मिना थापा सिभिलखबरको कार्यालय आइपुगेकी छिन् ।

‘१४ गते घरबाट निस्किनुभएको, अहिलेसम्म पत्तो छैन’ उनकी श्रीमती मिनाले भनिन ‘कोठामा बस्दा नि लकडाउन, लकडाउन भनिरहनु हुन्थ्यो, एक्कासी हराउनुभयो ।’

उनले आफ्नो मोबाइल समेत कोठामै छोडेर गएको बताइएको छ । घरबाट निस्केको भोली पल्ट उनको आफ्नै नम्बरमा नयाँ नयाँ नम्बरबाट फोन आएको श्रीमती मिनाले बताइन् ।

‘मोबाइल साइलेन्टमा राखेर सिरानीमुनी छोड्नुभएको रहेछ, त्यो हामीलाई थाहा भएन, हामीले पनि फोन गरेको ग¥यै ग¥यौ, उठेन, पछि मोबाइल भेटिएपछि हेर्दा नयाँ नयाँ नम्बरबाट पनि फोन आएको रेहछ’ उनले सिभिलखबरलाई भनिन ‘त्यसमा फोन गर्दा खैरेनी, मुग्लिनका मान्छे बोले, सोध्दा उहाँले नै अरुको नम्बरबाट गर्नुभएको रहेछ ।’

उनले शनिबार दिउँसो ४ बजे खैरेनीबाट र आइतबार दिउँसो १ः०६ मिनेटमा मुग्लिनबाट काठमाण्डौतर्फको एक किलोमिटरदुरीबाट फोन गरेको खुल्न आएको छ ।

‘त्यो नम्बरहरुमा फोन गर्दा हिड्दै आउनुभएको थियो, घरमा फोन गर्छु मोबाइल दिनुस न भन्नुभएछ’ श्रीमती मिनाले थपिन ‘त्यसपछि अहिलेसम्म कुनै नयाँ नम्बरबाट फोन आएको छैन ।’
४ दिनसम्म पनि श्रीमान घरमा नआएपछि उनले जिल्ला प्रहरी कार्यालय गोरखामा खोजिदिन निवेदन समेत दिएको बताएकी छिन् ।

रामेछाप घर भएका उनिहरु करिब १७ बर्षदेखि गोरखा सदरमुकाम बस्दै आएको बताइएको छ । श्रीमती मिनाका अनुसार उनी लामो समयदेखि ब्लड प्रेशरको औषधी सेवन गर्दै आएका थिए । उनिहरुले आयुर्वेदचोकमा सानो होटल सञ्चालन गर्दै आएका छन् ।

Related posts

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३४८ पुग्याे

civilkhabar

नयाँ आईजीपीमा शैलेश थापा नियुक्त

civilkhabar

यूएनडिपीकाे सहयाेगमा ८० थान ‘थर्मल गन’ गोरखा भित्रियाे

civilkhabar

Leave a Comment