गण्डकी प्रदेश समाज

शुक्रबारदेखि गोरखा बजारबाट एक बालक सम्पर्क बिहिन

गोरखा । गोरखा सदरमुकामको बराहबाट एक बालक सम्पर्क बिहिन भएका छन् ।

शुक्रबार बेलुका करिब ५ बजेबाट १७ बर्षका लक्षम लामा नामका बालक हराएको उनका बाबु ग्याम्जो लामा गुरुले सिभिलखबरलाई जानकारी दिए ।

शुक्रबार बिहानदेखि घर नआएका उनि बेलुका करिब ४ बजे गोरखा नगरपालिका ८ स्थित बराहमा रहेको आफ्नो डेरामा पुगेका थिए ।

दिनभरी घर नआएको भन्दै बाबु लामाले लकडाउनको समय र कोरोना भाइरसको जोखिम रहेकाले बाहिर ननिस्कन भन्दै सम्झाएका थिए ।

त्यस लगत्तै उनि आफु घर नआउने भन्दै रिसाएर घरबाट निस्केका र शनिबार बेलुकासम्म पनि सम्पर्कमा नआएको लामाले बताए ।

आहाले स्थित सरस्वती माध्यामिक विद्यालयको १० कक्षामा पढ्ने सक्षमलाई देख्नु हुने महानुभावले सम्पर्क गरिदिन समेत बुवा लामाले अनुरोध गरेका छन् । ‘हिजोदेखि घर आएको छैन, कलडाउनको समय छ, बाहिर निस्कने अवस्था पनि छैन, कर्हा खोज्न जाने ?’ बाबु लामाले भने ‘कोहि कसैको घरमा गएर बसेको भए वा कसैले देखे प्लिज मलाई वा नजिकको प्रहरीलाई खबर गरिदिन अनुरोध छ ।’

हालसम्म उनले प्रहरीमा निवेदन भने नदिएको बताए । सक्षमलाई देख्ने महानुभावले ९८५६०४००७१ मा खबर गरिदिन समेत उनले अनुरोध गरे ।

Related posts

कुलमानका समर्थकलाई प्रहरीले लखेट्यो

civilkhabar

गोरखाकी कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

civilkhabar

गोरखासहित देशका ४८ जिल्लामा निषेधाज्ञा जारी, काेराेनाकाे जाेखिम बढ्दाे

civilkhabar

Leave a Comment