तासको खालबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लकडाउनको तेस्रो दिन भेला भएर तास खेलिरहेका ८ जनालाई गोरखा नगरपालिका १० छेवेटारबाट पक्राउ गरिएको बताइएको छ ।
बाह्र किलो प्रहरी चौकीको टोलीले बिहिबार साँझ करिब ६ बजे उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए । ‘भरखरै हो, रिपोर्टिङको काम हुदैछ’ एसपी अधिकारीले भने ‘विस्तृत विवरण केहि बेरमा आउछ । ’