गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

सोमबारदेखि गोरखामा सार्वजानिक यातायात नचल्ने

गोरखा । अन्तराष्ट्रिय रुपमा कहरका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रास नेपालमा समेत बढ्दै गएको छ ।

हालसम्म नेपालमा यसको संक्रमण नदेखिएपनि सुरक्षाका लागि बिभिन्न उपाय अपानाइएको छ ।

काेरोना भइरसको संक्रमणबाट सावधानी अपनाउन गोरखामा सार्वजानिक यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्लामा सञ्चालित गोरखा दरौदी यातायात सेवा प्रालि र पृथ्वी यातायात सेवा प्रालिले सोमबारबाट आफ्ना सम्पूर्ण क्यु स्थगित गरेको बताएको छ ।

यससंगै भाेली साेमबारदेखि गाेरखामा जिल्लाभित्र समेत भाडाका यात्रुवाहक सवारी चल्ने छैनन ।

सरकारले लामो दुरीका सवारीमा प्रतिवन्ध लगाएपनि गोरखामा भने जिल्लाभित्र चल्ने सार्वजाजिक यातायातमा समेत सञ्चालनमा रोक लगाइएको हो ।

यातायात व्यवस्था विभागका अनुसार २ सय ५० किलोमिटरभन्दा टाढाको दूरीलाई लामो दूरी मानिन्छ।

‘सरकारले गरेको निर्णयमा हाम्रो साथ छ, कोरोनाको जाेखिमलाई न्यूनिकरण गर्नु हामी सबैको दायित्व हो’ गोरखा दरौदी यातायात सेवा प्रालिका सञ्चालक सदस्य अञ्जनबाबु खत्रीले सिभिलखबरलाई भने ‘अहिलेलाई सोमबारबाट हाम्रा मातहतका सम्पूर्ण सवारीको क्यू स्थगित गरेका छौ ।’

यता पृथ्वीले समेत भाडाका गाडी नचलाउने बताएको छ । ‘हामी ब्यवसायमा भन्दा यात्रुको स्वास्थ्यमा संवेदनशिल छौ’ पृथ्वी यातायातका गोरखा प्रमुख राजन ढुंगानाले भने ‘कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सोमबारबाट हामी पनि जिल्ला भित्र र बाहिर चल्ने सबै गाडी रोकेका छौ ।’

यात्रुवहाक सवारी साधन नचलेपनि अन्य मालबाहक साधन भने सञ्चालन मै हुने बताइएको छ ।

यता कोरोना भाइरसको त्रासका कारण काठमाण्डाै लगायत जिल्ला बाहिरबाट गोरखा भित्रिने यात्रु भने बढेका छन् ।

Related posts

पूर्वप्रधानमन्त्री बाहेकबाट सरकारकाे नेतृत्व खाेज्न बाबुराम भट्टराईको प्रस्ताव

civilkhabar

बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ

civilkhabar

प्रबलीकरणपछि यस्ताे बन्याे खाेप्लाङ्गमा बाबुरामको घर (फाेटाे फिचर)

civilkhabar

Leave a Comment