खेलकुद प्रदेश ४ समाचार

बज्र मनासलुको दौडमा पवित्रा प्रथम

गाेरखा । रोट्र¥याक्ट क्लब अफ बज्र मनासलुले आयोजना गरेको दौड प्रतियोगितामा पवित्रा बलयकोटी प्रथम भएकी छिन् ।

१ सय १० औं अन्तराष्ट्रिय महिला श्रमिक दिवशका अवसरमा क्लबले आयोजना गरेको दौडमा वलयकोटी प्रथम भएकी हुन ।

गोरखा सदरमुकामको रंगशालाबाट सुरु भई हरमटारी–बिसौनीमोड–बसपार्क–ठूलोआँगन–पाटेचौर–अस्पतालमाार्ग हुदै पुनः रंगशालामा आएर टुंगिएको प्रतियोगितामा वलयकोटीले १२ मिनेट १२ सेकेण्डमा पार गरेकी थिइन् । सो दुरी साडे दुई किलोमिटर रहेको क्लबले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा १२ मिनेट २४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै सविता पुलामीमगर दोस्रो भइन भने १२ मिनेट ४३ सेकेण्डमा दुरी पुरा गर्ने सुजिता लामिछाने तेस्रोे भएकी छिन ।

दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिएको छ । क्लबका अध्यक्ष अनुशा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठले विजयी छात्राहरुलाई पुरस्कार वितरण गरेकी हुन ।

प्रतियोगितामा १९ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक लक्ष्मी रेग्मीले जानकारी दिइन ।

Related posts

गोरखा नगरपालिकाले भोलीदेखि दादुरा–रुबेला खोप अभियान चलाउने, भिटामिन-ए र जुगाको औषधी पनि संगै खुवाइने

civilkhabar

यस्ताे छ प्रधानमन्त्री केपी ओलीकाे सम्बाेधनकाे पूरा पाठ

civilkhabar

नेपालगन्जमा २५ गतेसम्म घरबाट बाहिर निस्कन नपाइने, घाेषणा भयाे निषेधित क्षेत्र

civilkhabar

Leave a Comment